बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली #नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली
अर्थतन्त्र

अर्गानिक बस्तु निर्यातका लागि आवश्यक कानुन संशोधन गर्न प्रधानमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
अर्गानिक बस्तु निर्यातका लागि आवश्यक कानुन संशोधन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, साउन ७ :

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भएपनि अर्गानिक बस्तुको प्रवर्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । 

छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनुपर्ने लगाएतका विषय उठाएका थिए । जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनका लागि आवश्यक ऐन कानुन संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिए । अर्गानिक बस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस विषयमा पनि लिखित जानकारी गराइएको उनले बताए।

नेपालमा उत्पादित अर्गानिक बस्तुको अन्तराष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफूहरुले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताए । उनले आफूहरुले राखेका बिषयमा प्रधानमन्त्री निकै सकारात्मक भएको उल्लेख गरे । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार