बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली #नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली
अर्थतन्त्र सेयर बजार

नेप्से १४.१७ अंकले उकालो, ४ अर्ब ६९ करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
नेप्से १४.१७ अंकले उकालो, ४ अर्ब ६९ करोडको कारोबार
काठमाडौं, साउन ७ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १४.१७ अंकले बढेर २ हजार ७२६.७२ बिन्दुमा पुगेको छ। बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ०.५२ प्रतिशतले सुधारिएको हो।

बिहीबार कारोबारमा सहभागी कम्पनीमध्ये १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

यस दिन ५७ हजार ७८२ पटकको कारोबारमा १ करोड ७२ हजार २२२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्य बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। लगानी उपसमूहको परिसूचक ०.४२ प्रतिशत तथा अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार