बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली #नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली
समाचार प्रदेश गण्डकी प्रदेश

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० साउन, २०८३ मा प्रकाशित
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
लमजुङ, साउन १० :

लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो । निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार