शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार विदेश

कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवारका रूपमा चयन

· शनिबार, २० साउन, २०८१ मा प्रकाशित
कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवारका रूपमा चयन

काठमाण्डौं,साउन १९: अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिस अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट औपचारिक रुपमा उम्मेद्वार चयन हुनु भएको छ । 

डेमोक्र्याटिक पार्टी पदाधिकारीले उम्मेद्वार छनौटका लागि गरेको मतदानमा ह्यारिसले आवश्यक थ्रेसहोल्ड पार गरेसँगै आगामी नोभेम्बरमा हुन गईरहेको निर्वाचनका लागि उहाँको उम्मेद्वारी पक्का भएको हो । 

राष्ट्रपति जो बाइडन व्यापक दवाबका कारण राष्ट्रपतिको दौडबाट बाहिरिनुभएको थियो र  अहिले ह्यारिसको समर्थन गर्नुभएको छ । बाइडनको समर्थनलाई डेमोक्र्याटिक पार्टीले पनि औपचारिक रुपमा अनुमोदन गरेको छ । अब कमला अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिक उम्मेद्वार डोनाल्ड ट्रम्प विरुद्ध लड्ने पक्का भएको छ । 

आगामी निर्वाचनमा विजयी भएमा कमला अमेरिकाको पहिलो राष्ट्रपति बन्नुहुनेछ । साथै उहाँ अमेरिकाको पहिलो अश्वेत महिला र पहिलो दक्षिण एसियाली मुलकी महिला उम्मेद्वार हुनुहुन्छ । 

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीबाटै हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वार बन्नुभएको थियो । त्यसबखत हिलारी क्लिन्टन ट्रम्पसँग पराजित हुनु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार