आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

रोपाइँ सकिँदासमेत किसानले मल नपाएको भन्दै प्रचण्डद्वारा सरकारको आलोचना

आफू नेतृत्वको सरकारले सहजरुपमा मल आपूर्ति र वितरण गरेको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ साउन, २०८३ मा प्रकाशित
रोपाइँ सकिँदासमेत किसानले मल नपाएको भन्दै प्रचण्डद्वारा सरकारको आलोचना
फाइल तस्बिर ।
काठमाडौं, साउन २५ :

पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत सरकारले रासायनिक मलको सहज आपूर्ति गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

दाहालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्।

सरकारले समयमै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको दाहालको भनाइ छ। उनले आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले किसानको समस्यालाई गम्भीरतापूर्वक लिएर समयमै मलको आपूर्ति तथा वितरण गरेको दाबीसमेत गरेका छन्।

उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको दाहालले उल्लेख गरेका छन्। उनले सरकारले रासायनिक मल आयातको प्रक्रिया यथाशीघ्र सम्पन्न गरी किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन आग्रह गरेका छन्।

धान रोपाइँको मुख्य समयमा समेत मलको अभाव देखिनु किसानका लागि गम्भीर समस्या भएको उल्लेख गर्दै दाहालले सरकारले यस विषयलाई तत्काल प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार