सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
खेलकुद क्रिकेट

सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त, रोहित पौडेल हटाइए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ साउन, २०८३ मा प्रकाशित
सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त, रोहित पौडेल हटाइए
काठमाडौं, साउन २५ :

नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गर्दै नेपाली टोलीको घोषणा गरेको छ। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि सोमबार क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरेको हो।

लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन्। यसअघि उनलाई नाबालक बलात्कारको आरोप लागेपछि २०७९ सालमा कप्तानबाट हटाइएको थियो। एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।  उक्त प्रतियोगिता भदौ १४ देखि मलेसियामा सुरु हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार