बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

सक्रिय न्युज · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो
काठमाडौं, साउन २७ :

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार छ सय ७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार