सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

विद्युतमा लगाइएको कर खारेज गर्न माग गर्दै उज्यालो पार्टीको हस्ताक्षर अभियान

विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएकोमा घिसिङको आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
विद्युतमा लगाइएको कर खारेज गर्न माग गर्दै  उज्यालो पार्टीको हस्ताक्षर अभियान
काठमाडौं, भदौ १ :

उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो । 

काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै कर खारेज गर्न माग गरे ।

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी जिम्मेवार निकायबाट भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए । अध्यक्ष घिसिङले नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०–८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल–डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उल्लेख गरे ।

शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै उनले राइड सेयरिङ र २०–३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थुपारिएको भन्दै विरोध गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार