
काठमाण्डौं, कात्तिक ३ :
दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा गएराति रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब एक मिटर तल खसेको प्रहरीले जनाएको छ ।