काठमाण्डौं, कात्तिक ३ :

देशैभर आज र भोली  ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईदैछ ।

साथै  १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी पनि  खुवाइदैछ ।  

नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,तथा स्वास्थ्य संस्थामा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए क्यापसुल तथा जुकाको औषधी खुवाउन  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।