मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

२७० जनाको शव फेला, ६६ घाइतेमध्ये १४ जना डिस्चार्ज

बाढी प्रभावित क्षेत्रमा सुरक्षा तथा उद्धारका लागि ४ हजार प्रहरी परिचालन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
२७० जनाको शव फेला, ६६ घाइतेमध्ये १४ जना डिस्चार्ज
काठमाडौं, भदौ ११ :

रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले दिउँसो साढे १ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म  २७० जनाको शव फेला परेको हो ।

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। यसैगरी पूर्वीनवलपरासीमा ६२ जना, धादिङमा २७ जना, गोरखामा २० जना, रसुवामा १७ जना, पश्चिम नवलपरासीमा १५ जना, नुवाकोटमा १२ जना र तनहुँमा ९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ। विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमध्ये हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन छन् ।

बाढीको चपेटामा परी घाइते भएकाहरुको संख्या ६६ पुगेको छ। जसअनुसार त्रिवि शिक्षण अस्पतालमा २६ जना, ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, मनमोहन अस्पतालमा १ जना उपचाररत छन् भने १४ जना डिस्चार्ज भइसकेका छन्।बाढी प्रभावित क्षेत्रमा सुरक्षा तथा उद्धारका लागि ४ हजार ०५० जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार