मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

मूर्तिमा पसिना आएपछि पलाञ्चोक भगवतीमा क्षमा पूजा

मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
मूर्तिमा पसिना आएपछि पलाञ्चोक भगवतीमा क्षमा पूजा
काभ्रे, भदौ १२ :

पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको छ । केही दिनअघि साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएपछि क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए। 

पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन् । यो मन्दिर पाँचखाल नगरपालिका–९ मा पर्छ । मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको हो ।

स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ । स्थानीयका अनुसार २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा २०५८ सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीयवासीले बताएका छन् । गत १० गते सुनकोसीमा आएको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन् । क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार