मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

बाढीबाट क्षतिग्रस्त पुल तत्काल जोड्न भारत र चीनसँग मागियो ४२ बेलिब्रिज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
बाढीबाट क्षतिग्रस्त पुल तत्काल जोड्न भारत र चीनसँग मागियो ४२ बेलिब्रिज
काठमाडौं, भदौ १२ :

सरकारले बाढीबाट क्षतिग्रस्त पुलको तत्काल पुनःस्थापनाका लागि भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार दुवै छिमेकी मुलुकलाई बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले दर्जनौँ पक्की तथा झोलुङ्गे पुलसमेत बगाएपछि तीन जिल्लाका विभिन्न क्षेत्रसँगको सडक तथा यातायात सम्पर्क प्रभावित भएको छ।

पुलहरू क्षतिग्रस्त भएपछि विशेषगरी धादिङ र रसुवाका कतिपय क्षेत्रमा आवतजावत कठिन बनेको छ। त्रिशूली र भोटेकोसी नदीमा रहेका अधिकांश पुल बाढीले बगाएको मन्त्रालयले जनाएको छ।

नेपालसँग हाल ७ वटा बेलिब्रिज मात्र मौज्दात रहेकाले तत्काल आवश्यक स्थानमा पुल सञ्चालन गर्न छिमेकी मुलुकसँग थप बेलिब्रिज सहयोग मागिएको हो। सरकारले बाढीबाट विच्छेद भएका सडक तथा यातायात सम्पर्कलाई यथाशीघ्र पुनःस्थापित गर्न बेलिब्रिज जडानलाई प्राथमिकतामा राखेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार