मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश बागमती प्रदेश

भोटेकोसी बाढी : त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढी : त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
रसुवा, भदौ १४ :

रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षाफौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ । गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा बाढी बढेपछि उद्धारका काम केही समय रोकिएको थियो ।

बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।

प्रभावित जिल्लामा करिब आठ हजार ४०० सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ । यसैबीच, सेनाले आज बिहान ११ः०० बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार