बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

नेपालसामु बहराइनको ८८ रनको सामान्य लक्ष्य

सन्दीप लामिछानेको घातक बलिङ
सक्रिय न्युज · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
नेपालसामु बहराइनको ८८ रनको सामान्य लक्ष्य
काठमाडौं, भदौ १५ :

तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गरिरहेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।  सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। १० ओभरमा ४ मेडेन फ्याँक्दै उनले १४ रनमात्रै खर्चिए। ललित राजवंशीले तीन तथा करण केसीले दुई सफलता हात पारे ।

एकदिवसीय क्रिकेटमा पहिलोपटक नेपालसँग भिडेको बहराइनले टस हारेर ब्याटिङ थाल्दै ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।

बहराइनका लागि  फियाज अहमदले १५, मुहम्मद वसिमले १३ रन तथा अली दाउदले रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार