
काठमाण्डौं, कात्तिक ४ :
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जनारएका छन् ।
अनकन्टार पहाडमा दुर्घटना भएको हो ।
घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।