शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन
फाइल तस्बिर ।
काठमाडौं, भदौ २२ :

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र वेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उनले बताए।

 दीप प्रज्वलनमा हजारौँ भक्तजनको सहभागिता रहेको छ । पशुपतिनाथस्थित वाग्मती तटमा आज बिहान विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार