शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

जेन्जी सहिद दिवस : नयाँ बानेश्वरमा विशेष कार्यक्रम

आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
जेन्जी सहिद दिवस : नयाँ बानेश्वरमा विशेष कार्यक्रम
काठमाडौं, भदौ २३ :

जेन्जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर मनाइएको छ । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेनजी सहिद दिवस मनाइएको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले जेनजी सहिद दिवस मनाउने निर्णय गरेको थियो ।

भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागीता हुनुपर्ने माग राख्दै भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो ।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद परिवार कल्याणकारी समाजले काठमाडौंको नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गृहमन्त्री सहित सरकारका मन्त्रीहरु लगाएत जेनजी सहिद परिवारहरुको उपस्थिति रहेको थियो । जेनजी सहिद परिवारहरुले जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरेका थिए ।

जेनजी सहिद परिवार कल्याणकारी समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठले जेनजी आन्दोलनमा दमन गर्नेलाई वर्तमान सरकारले कुनै हालतमा नछोडी कडा कानुनी कारबाही गर्नुपर्ने बताए । उनले विगतको अन्तरिम सरकारसँग जनमत नभएका कारण धेरै काम गर्न नसकेको तर वर्तमान सरकार दुई–तिहाइ बहुमत प्राप्त बलियो सरकार भएकाले जेनजीको भावना अनुसार काम गर्ने धारण राखे ।

जेनजी सहिद परिवारहरुले वर्तमान सरकारले सहिद परिवार तथा घाइतेहरूको भावना र योगदानलाई कदर गर्दै माया दर्शाएकोमा सरकारप्रति धन्यवाद दिदै भ्रष्टाचारमुक्त शासन, सुशासन र देशको समृद्धिका लागि सरकार दृढताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चुनावपछि गठन भएको वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले भाद्र २३ गतेलाई जेनजी सहिद दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार