मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
प्रदेश बागमती प्रदेश

भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला
फाइल तस्बिर ।
रसुवा, भदौ २३ :

रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ। बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा आज दिउँसो ३ बजे एक जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला परेको हो। संयुक्त सुरक्षा टोलीले बाढीले पुरेका विभिन्न सुरुङमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य पनि भइरहेको छ।

नेपाली सेनाले हवाईमार्फत आज प्रभावित इलाकाहरूबाट २० जनाको उद्धार गरिएको जनाइएको छ । हालसम्म हेलिकोप्टरमार्फत स्वदेशी र विदेशी गरी  ४ हजार ०४० जनाको उद्धार गरिएको पनि सेनाले जनाएको छ।

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको छ। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेवी इक्विपमेन्ट लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको छ।

नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार