
पोखरा, कात्तिक ५ :
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
हिजो शनिबार बिदा परेकाले लामिछानेलाई आज अदालत लैजान लागिएको हो ।
रविलाई शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरि सोही दिन राति पोखरा पुर्याइएको थियो । अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि नेता कार्यकर्ताले विरोध तथा सहकारी पीडितले पक्राउको समर्थनको दबावका लागि दुबै पक्षले उपस्थित हुन आह्वान गरेका छन् ।