सप्तरी, कात्तिक ५ :

कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । 

दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।