काठमाण्डौँ , कात्तिक ५ :

आईसीसी महिला टी- २० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् ।

नवौँ संस्करणको फाइनल खेल दुबईमा आज राति पौने ८ बजे शुरु हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डले अहिलेसम्म उपाधि जितेका छैनन् । दक्षिण अफ्रिका गएको वर्षको विश्वकपमा उपविजेता बनेको थियो । यस्तै न्युजिल्यान्ड सन् २००९ र २०१० मा उपविजेता बनेको थियो ।

महिला टी- २० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक जितेको छ ।