काठमाण्डौं, कात्तिक ५ :

ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ ।

पहिलो चरणमा आजबाट काठमाडौँ,भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिटको व्यवस्था कार्यान्यवनमा ल्याईएको हो ।  आज उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको उद्घाटन गरियो ।

जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

ट्राफिक प्रहरीले इ चलान डिजिटल एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने  क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् ।
 

लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ । 


यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् ।