काठमाण्डौं, कात्तिक ५ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार कारबाही सुरु भएको बताउनुभएको छ ।

आज मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै संचारमन्त्रीले  सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु गरेको बताउनुभयो ।  

उहाँले समितिको प्रतिवेदन अनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिलाई पक्राउ गरिएको समेत बताउनुभयो ।