
धनुषा, असोज ४ :
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ ।
आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।