
काठमाडौँ, कात्तिक ६ :
तेस्रो तथा अन्तिम टी-२० सिरिजको अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपालसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको हो ।अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । आरोन जोन्स १३ रन तथा कप्तान मोनांक पटेल २ रन बनाए भने हर्मित सिंह १० रनमा नट आउट रहे । अहिले नेपालले व्याटिङ गरिरहेको छ। नेपालको उत्कृट सुरुवाती छ ।