भोजपुर, असोज ८ :
नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।
भोजपुर नगरपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट आठ वटा स्थानीय तहमा नयाँ सभापति चयन भएका छन् ।
अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ, पौवादुङमा गाउँपालिकामा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकामा हर्कराज राई, आमचोक गाउँपालिकामा निम्नुरी शेर्पा र अरुण गाउँपालिकाको सभापतिमा ज्ञानेन्द्र दाहाल निर्वाचित भएका छन् ।
त्यसैगरी साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित भएका छन् ।