मनाङ, असोज ११ :

अबिरल बर्षाका कारण मनाङ सदरमुकाम चामेमा ४  घट्टे खोलामा आएको बाढीले ४ घर बगाएको  छ ।  सदरमुकाम  चामे बगरले भरिएको छ।

त्यस्तै  मनाङको नासो गाउँपालिकाको  ८ र ९ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।

तालगाउँ ,धारापानी लगायतका क्षेत्रमा  मर्स्याङ्दि नदिमा आएको बाढीले क्षति पुर्याएको छ ।