तनहुँ, असोज १२ :
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवामा आज बिहान माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान