हुम्ला, असोज १२ :
निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।
जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ ।
अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ । निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ । हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान