
काठमाण्डौं, कात्तिक ६ :
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।
उहाँले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित,जगदीशचन्द्र पोखरेल,छन्दबहादुर पहराई,बिजुला वर्मा,केदारनरसिंह केसी, रिना उप्रेती (केसी),वीरेन्द्र यादव,कृष्णप्रसाद पौडेल,भरत प्रसाईं, कमल कार्की,बलदेव तिमिल्सिनालाई नियुक्त गर्नुभएको छ ।
यसैगरी राज भुसाल,प्रताप पौडेल,हजारी नेपाली (वादी),विश्वदीप लामिछाने,नाहिदा परविन,भवानी पन्त,अनार बस्नेतलाई नियुक्त गर्नुभएको हो ।