काठमाण्डौँ , कात्तिक ७ :

सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।