आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

भोली र पर्सि हुने बन्दसत्र खुलामञ्चमै, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
भोली र पर्सि हुने बन्दसत्र खुलामञ्चमै, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने
काठमाडौं, असोज १८ :

नेपाली काँग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको टुडिखेल खुलामञ्चमा उदघाटन हुँदैछ ।

भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ ।

महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने जनाईएको छ । बन्दसत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ ।

एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरुले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

यस व्यवस्थाले ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सकिने काँग्रेसको अपेक्षा छ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी काँग्रेसको छ ।

बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हलको तयार पारिएको नेपाली काँग्रेसले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सभापति गगन कुमार थापाले गर्ने उद्घाटन सत्रमा काँग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार