आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन #राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन
समाचार प्रदेश बागमती प्रदेश

बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

· १ घण्टा अगाडि प्रकाशित
बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने
काठमाडौं, असोज १८ :

नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।

गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने छ ।  

नेपाली सेनाका प्रवक्ता सहायक राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।

“बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थल पन्छाइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, प्रवक्ता बस्नेतले भने ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएसँगै काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।

सो स्थानमा पुल बगेपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ । बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ ।  

यसै सन्दर्भमा, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले आसन्न दसैँअघि बेत्रावतीमा पुल तयार भइदिए आमसर्वसाधरणलार्ई राष्ट्रिय चाडपर्वका समयमा आवतजावत गने सहज हुने र छिमेकी जिल्ला नुवाकोटसहित काठमाडौँसँग सडक यातायात जोडिने बताउनुभयो । बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसहित यातायात सञ्चालन कार्यमा सरकारका तर्फबाट भएका काम र बाढीपछि नेपाली सेनाको भूमिकाको प्रशंसा गर्नुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार