सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
खेलकुद क्रिकेट

आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती

तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्नेछ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
काठमाडौं, असोज १९ :

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ ।

हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान गरिसकेको छ ।

तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्नेछ । यदि त्यो स्थान हासिल गर्न नसके नेपालले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउनुपर्नेछ ।

नेपाली टोली हालको लय कायम राख्दै ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । टोलीका कप्तान सन्दीप लामिछाने खेलाडीमा उच्च आत्मविश्वास रहेकाले नेपालले आउँदो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् ।

उनका अनुसार एसिसी प्रिमियर कपमा गरेको प्रदर्शन र ओमानमा यसअघिका खेलबाट प्राप्त अनुभवले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ । ‘‘एसिसी प्रिमियर कप र त्यसअघि ओमानमा हाम्रो जुन प्रदर्शन रह्यो, त्यो हाम्रो लागि मनोवैज्ञानिक रूपमा सकारात्मक कुरा हो । त्यसलाई अझै राम्रो ऊर्जाका साथ अगाडि बढाउनेछौँ । टिम अहिले एकदम राम्रो लयमा छ’’, कप्तान लामिछानेले भने, ‘‘मौसमले साथ नदिँदा एसियन गेम्समा हामी दुर्भाग्यवश रोकियौँ । नत्र एकदम राम्रो तरिकाले अगाडि बढिरहेका थियौँ ।’’

उनले राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रवेशलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए । राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि भएकाले नयाँ खेलाडीलाई थप आत्मविश्वास र ऊर्जा दिन सञ्चारमाध्यम, क्रिकेट समर्थक तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने कप्तान लामिछानेको भनाइ छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले टोलीबाट आगामी खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए । उनले ‘एसियन कन्डिसन’ मा हुने खेलमा नतिजाभन्दा पनि खेलाडीले खेलको दिन दबाबलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने बताए । सचिव खड्काले टोलीलाई आगामी खेलका लागि शुभकामना दिँदै क्यानले आवश्यक अन्तरराष्ट्रिय क्रिकेट तथा घरेलु प्रतियोगिताको संरचना तयार गरिरहेको जानकारी दिए ।

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार