
काठमाडौँ, कात्तिक ७ :
सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।
पुलको आवश्यक भारवहन क्षमता जाँच गरी आजबाट सञ्चालन गरिएको हो ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीको अनुसार प्राविधिक स्टिमेटअनुसार बेलिव्रिजको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउनेछन् ।
हिजो पुलको भारबहन क्षमता जाँच गरेपछि आजबाट सार्वजनिक यातायात सञ्चालन खुला गरिएको हो ।
खुर्कोट–मन्थली सडक अन्तर्गतको पुलको आधा भाग गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले असोज २० गतेदेखि बेलिब्रिज जडान गरेको हो ।