शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

सभापति गगन थापासंगको भेटपछि डा.मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै

सक्रिय न्युज · बुधबार, २१ असोज, २०८३ मा प्रकाशित
सभापति गगन थापासंगको भेटपछि डा.मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै
काठमाडौं, असोज २१ :

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

हिजो साँझ काँग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनले  उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । डा.रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् ।

थापासँगको भेटमा रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’

उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको, विशेषबाट सभापति भएपछि सभापति गगन थापासँग सम्पर्क टुटेको र अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको बताउँदै फेरि काँग्रेसमै जोडिनुको विकल्प नभएको बताएका छन् ।

रिजालसँगको सम्वादपछि सबै नेताहरुको क्षमताअनुसारका व्यवस्थापनबारे आफ्नो धारणा र मान्यता कायम रहेको भन्दै सभापतिका उम्मेदवार थापाले रिजाललाई धन्यवाद दिएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार