वासिङ्टन डिसी, कात्तिक ८ :

अर्थमन्त्री विष्णु पौडेल विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वासिङ्टन, डिसी पुग्नु भएको छ ।

उहाँलाई डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गर्नु भएको थियो ।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना समकक्षीका साथै कोष र बैङ्कका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

उहाँले अमेरिकी उद्यमी- व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।