आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

खगेन्द्र सुनारका विषयमा सम्बन्धित दलले मात्र नभई संसदीय छानबिन पनि हुनुपर्छ : पद्मा अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ असोज, २०८३ मा प्रकाशित
खगेन्द्र सुनारका विषयमा सम्बन्धित दलले मात्र नभई संसदीय छानबिन पनि हुनुपर्छ : पद्मा अर्याल
काठमाडौै, असोज २७ :

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सांसद सुनारको अडिओ प्रकरणप्रति गम्भीर आपत्ति जनाउदै यस विषयमा सम्बन्धित राजनीतिक दलले मात्र नभई संसदबाटै पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्ने बताएकी हुन्।

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने समेत बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार