मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
खेलकुद क्रिकेट

ओमानमाथि नेपालको फराकिलो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
ओमानमाथि नेपालको फराकिलो जित
काठमाडौं, असोज २७ :

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्रीमा भएको खेलमा ओमानमाथि  नेपालले ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।

यो जितसँगै नेपालको ३४ खेलबाट २८ अंक भएको छ । लिग- २ अंकतालिकामा छैटौं स्थानमा छ । नेपालले अब अर्को खेल क्यानडासँग खेल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार