काठमाण्डौँ , कात्तिक ८ :

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

हर्नियाको शल्यक्रियाका लागि उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उहाँको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नुहुने छ ।