
काठमाण्डौँ , कात्तिक ८ :
काठमाडौँ महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो ।
महानगरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको छ ।
महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।
त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्याङ्क सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी समेत माग गरेको छ ।
आवेदन यही कात्तिक २१ गतेसम्म दिन सकिने जनाइएको छ ।