आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने #गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने
खेलकुद क्रिकेट

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपीएल खेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपीएल खेल्ने
काठमाडौं, कात्तिक १ :

वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ । “समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्यौं । विराटनगर किङ्समा स्वागत छ”, विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट इण्डिजका लागि एउटा टेष्ट, ५६ एकदिवसीय अन्तरराष्ट्रिय र ८६ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तरराष्ट्रियमा एक हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् ।

टी–२० अन्तरराष्ट्रियमा उनले एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । अन्तरराष्ट्रिय क्रिकेटसँगै रसेलले विश्वका विभिन्न व्यावसायिक फ्रेन्चाइज लिगमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।

इण्डियन प्रिमियर लिग (आइपिएल)मा उनले दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबाट खेलेका छन् । आइपिएलमा उनको नाममा दुई हजार ६५१ रन र १२३ विकेट छन् । उनले सन् २०१४ र २०२४ मा कोलकाताबाट आइपिएलको उपाधि जितेका थिए ।

रसेलले क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बङ्गलादेश प्रिमियर लिग (बिपिएल), बिग बास लिग (बिबिएल), इन्टरनेसनल लिग टी–२० र मेजर लिग क्रिकेटलगायत प्रतियोगिता पनि खेलिसकेका छन् ।

रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेष्ट इन्डिज टोलीका सदस्यसमेत थिए । उनी अब एनपीएलमा पनि आफ्नो छाप छोड्न चाहन्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार