मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

विश्वकप लिग-२ श्रृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्कियो

विमानस्थलमा क्यानका प्रतिनिधिद्वारा स्वागत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
विश्वकप लिग-२ श्रृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्कियो
काठमाडौं, कात्तिक ३ :

काठमाडौँ, ३ कात्तिक : आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार