काठमाण्डौं, कात्तिक ८ :

गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ।

हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीन लगायत खानेपानी आयोजनामा क्षति पुगेको हो ।

जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ ।

कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ। “बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी छ,काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ”,उहाँले भन्नुभयो । उहाँका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ ।

कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी,कटुन्जे लिफ्टिङ,सीताघारी खानेपानी,रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना,भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी,इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी,भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ।