
फोटोः राफिन्हा, बिबिसी
काठमाण्डौँ , कात्तिक ९ :
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले बार्यन म्युनिखलाई ४-१ ले हराएको छ।
विपक्षी गोलरक्षक मानुएल नुयुरलाई छक्याउँदै राफिन्हाले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए।
फर्मिन लोपेजको पासमा रोबर्ट लेडवास्कीले ३६ औँ मिनेटमा गोल गरे। डिबक्सको उनको घुमाउरो प्रहार गर्दै गोल गरेपछि राफिन्हाले पहिलो हाफका बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको सुरुवातमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। बार्यनका लागि हेरी केनले १८ औं मिनेटमा गोल थपे। यस सिजनमा छाएका राफिन्होको खेलमा गरेको दोस्रो गोल नै उत्कृष्ट बन्यो ।