शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार शिक्षा

अपाङगता भएका बालबालिकाका लागि विशेष शिक्षाको आवश्यकता

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
अपाङगता भएका बालबालिकाका लागि विशेष शिक्षाको आवश्यकता
साउन २१ :

काठमाडौँ, साउन २० : काठमाडौंका विभिन्न विद्यालयमा कोरियाली विशेष शिक्षाको नयाँ अवधारणाबारे छलफल भएको छ । 

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक, चाङवोन नेसनल युनिभर्सिटी, कोरिया) ले नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन शुक्रवार दश विशेष विद्यालयका प्रमुखहरूसँग छलफल गरेको हो। 

उक्त कार्यशालामा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा.कमल प्रसाद पोख्रेलले नेपालमा विशेष शिक्षाको वर्तमान अवस्था, नीति र भविष्यमा सम्बोधन गर्नुपर्ने कार्यहरू प्रस्तुत गर्दै उचित शिक्षा नपाएका धेरै अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षामा सुधार गरी विशेष शिक्षाको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कोरिया वुजिन स्कुलका प्रिन्सिपल पार्क जुयोलले कोरियामा भएको विशेष विद्यालयको बारेका जानकारी गराउँदै कोरियाली सरकारले उच्च शिक्षा सम्म निःशुल्क शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले २१ वर्षसम्मका सबै अपाङ्गता भएका व्यक्तिहरूले कोरियामा कुनै पनि शैक्षिक खर्च नतिरीकन सरकारी सहयोगमा विशेष शिक्षा प्राप्त गर्न सक्ने जानकारी गराउनुभयो । कोरियाली सरकारले विशेष शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूका लागि छुट्टै विशेष शिक्षा पाठ्यक्रम विकास गरी लागू गरेको पनि उल्लेख गनुभयो ।

त्यस्तै कोरियाली शिक्षक हान यङसुनले नेपालमा विशेष विद्यालयहरूमा शिक्षा सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कोरियाली प्रोफेसर डेयोङ जियोङले नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरूले निकट भविष्यमा विशेष शिक्षा प्राप्त गर्नेमा आफुहरुको जोड रहेको बताउनुभयो।

छलफलमा सहभागी विशेष विद्यालयका प्रधानाध्यापकहरूले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको विशेष शिक्षा र कल्याणका लागि सन्तोषजनक सहयोग नगरे पनि कोरियाका उक्त केसहरू अध्ययन गर्ने राम्रो अवसर पाएको धारणा व्यक्त गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार