सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त तिन मन्त्रीले लिए शपथ

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
लुम्बिनी प्रदेशका नवनियुक्त तिन मन्त्रीले लिए शपथ
बुटवल, कात्तिक ९ :

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीहरूले आज शपथ लिएका छन्। 

तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।

काङ्ग्रेसबाट जन्मजय तिमिल्सीना सामाजिक विकास, देवकरण कलवार वन तथा वातावरण र जनता समाजवादीका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कङ्ग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । 

युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार