काठमाण्डौँ , कात्तिक ९ :

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कार्यालय खुलेसँगै दुवै जनालाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

गत शुक्रबार काठमाडौँमा लामिछानेलाई पक्राउ गरी सोही राति पोखरा पुर्‍याएर पक्राउ परेकै दिनदेखि लागू हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि अदालतमा उपस्थित गराएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।

गोर्खा मिडिया प्रालिका अर्का पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई गत असोज ६ गते नै पक्राउ गरि पोखरा लगिएको थियो ।