
कपिलवस्तु , कात्तिक ९ :
कपिलवस्तुमा स्करपियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा बा प्र- ०१- ०२९च ९१५० को स्करपियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो ।
दुर्घटनामा सोही नगरपालिका वडा नं. १० जनकपुर बस्ने ७० वर्षकी सरस्वती पासीको मृत्यु भएको हो ।
घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।